कीवर्डहरू -

एआईले १३ घण्टासम्म चलायो रेडियो कार्यक्रम

एआईले १३ घण्टासम्म चलायो रेडियो कार्यक्रम

स्वीजरल्याण्डको एक रेडियो स्टेसनमा एआईले १३ घण्टासम्म कार्यक्रम चलाएको छ । एआईले चलाएको सो कार्यक्रममा रेडियो स्क्रीप्ट सबै च्याटजीपीटीले लेखिदिएको थियो र एआईले अरू रेडियो चर्चित व्यक्तिहरुको आवाज नक्कल गरेर पनि कार्यक्रमहरु चलाएको थियो ।

अप्रिल २७ मा काउलर थ्री नामक स्वीजरल्याण्डको रेडियो स्टेसनमा १३ घण्टाका लागि एआईले अधिग्रमण गरेका थिए । हरेक २० मिनेट पछि श्रोताहरुलाई कार्यक्रम एआईले चलाईरहेको हो भनेर सम्झाइने गरिएको थियो ।

रेडियोमा बजाइने सांगितिक कार्यक्रमहरु एल्गोरिदम प्रयोग गरेर जेनरेट गरिएको थियो भने कार्यक्रम चलाउने पाँच जना होस्टको आवाज मुभि प्रडक्सन कम्पनीले क्लोन गरेको थियो । कार्यक्रम बिहानको ६ बजे देखि बेलुकाको ७ बजेसम्म चलाइएको थियो । त्यसदिन एआइले न्युज बुलेटिन भने चलाएको थिएन् ।

काउलर थ्रीले एआइको राम्रो पक्ष र कमजोरी पत्ता लगाउनका लागि यो परिक्षण गरेको थियो र ह्वाट्सएपमार्फत प्रतिक्रिया पनि संकलन गरेको थियो ।

एआइले जतिनै राम्रो गरेपनि मानिससँग तुलना गर्न नसकिने र हामीलाई मानव रेडियो होस्टनै चाहियो जस्ता किसिमको प्रतिक्रिया संकलन गरिएको थियो ।

यस परिक्षण पनि काउलर थ्रीले रोबोटमा भावना नहुने हुँदा रेडियोको क्षेत्रमा यसको प्रस्तुतीलाई सन्तोषजनक मान्न भने सकिदैन् ।