कीवर्डहरू -

चालु अवस्थामा सम्पत्ति हस्तान्तरण गर्न स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन  

चालु अवस्थामा सम्पत्ति हस्तान्तरण गर्न स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन  

नेपाल दूरसञ्‍चार प्राधिकरणले चालु अवस्थामा सम्पत्ति हस्तान्तरण गर्न स्मार्ट टेलिकमलाई निर्देशन दिएको छ ।

एक सूचना निकाल्दै प्राधिकरणले दूरसञ्‍चार पूर्वाधार संरचना, दूरसञ्‍चार प्रणाली र दूरसञ्‍चार संजाल चालु अवस्थामा हस्तान्तरण गर्न निर्देशन दिएको हो ।

स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरणका लागि नियमानुसार अर्बौं दस्तुर दाखिला नगरेपछि कम्पनीको लाइसेन्स स्वतः खारेज भइसकेको छ ।

कानुन अनुसार स्वतः स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज भइसकेपछिअनुमतिपत्र बहाल नरहेका दूरसञ्‍चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्‍चार पूर्वाधार संरचना, दूरसञ्‍चार प्रणाली र दूरसञ्‍चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्न निर्देशन दिएको हो ।