कीवर्डहरू -

के हो वेब होस्टिङ ? कसरी काम गर्छ? 

के हो वेब होस्टिङ ? कसरी काम गर्छ? 

आजको दिनमा आफ्नै वेबसाइट हुनु सामान्य जस्तै भइसकेको छ । तर वेबसाइट सक्रिय राखिरहन धेरै कुरा आवश्यक पर्छ ।

वेबसाइटको लागि डोमेन नाम र होस्टिंग धेरै महत्त्वपूर्ण हुन्छ । यसमार्फत मात्रै वेबसाइटले मान्यता प्राप्त गर्न सक्छ ।तर जो ब्लगिङको दुनियाँमा नयाँ छन् उनीहरूलाई होस्टिङको बारेमा धेरै थाहा छैन । त्यसैले उनीहरूले आफ्नो आवश्यकता थाहा नपाएर गलत होस्टिङ रोज्छन्, जसका कारण पछिको समयमा धेरै समस्याहरू सामना गर्नुपर्छ ।

वेब होस्टिङ के हो?

वेब होस्टिङले इन्टरनेटमा सबै वेबसाइटहरूलाई ठाउँ दिने सेवा प्रदान गर्दछ, जसका कारण विश्वभर इन्टरनेट मार्फत कुनै एक व्यक्ति वा संस्थाको वेबसाइटमा पहुँच गर्न सकिन्छ ।

यसले तपाईको वेबसाइटका फाइलहरू, इमेजहरू, भिडियोहरू, आदिलाई विशेष स्टोरेजमा भण्डारण गर्दछ । हामी यही स्टोरेजलाई वेब सर्भर भन्छौं । यो वेब सर्भर हरेक समय इन्टरनेटमा जडान रहन्छ ।

वेब होस्टिङ सेवा धेरै कम्पनीहरुले प्रदान गर्दै आएका छन् । कुनै अपरिचितको घरमा बस्नका लागि भाँडा तिरेझैँ वेब होस्टिङमा पनि हाम्रो वेबसाइटलाई अन्य उच्च शक्ति भएका कम्प्युटरहरू (वेब सर्भरहरू) मा भण्डारण गर्न भाडा तिरे जस्तै हो ।

वेब होस्टिङले कसरी काम गर्छ ?

जब हामी कुनै वेबसाइट बनाउँछौं, त्यतिखेर हामीले हाम्रो ज्ञान र जानकारी मानिसहरूसँग साझा गर्न चाहन्छौं, त्यो बेलामा हामीले पहिले वेब होस्टिङमा हाम्रा फाइलहरू अपलोड गर्नुपर्छ ।

यसो गरेपछि, जब कुनै इन्टरनेट प्रयोगकर्ताले आफ्नो वेब ब्राउजर (मोजिला फायरफक्स, गुगल क्रोम, ओपेरा) मा गएर उदाहरणका लागि www.ictsamachar.com वा तपाईंको डोमेन नाम टाइप गर्छन् ।

त्यसपछि इन्टरनेटले तपाईंको डोमेन नामलाई वेबमा जडान गर्ने गर्दछ, जसमार्फत वेबसाइटको सम्पूर्ण जानकारी प्रयोगकर्ताको कम्प्युटरमा पुग्छ, त्यसपछि त्यहाँबाट प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार वेबपेज हेरेर ज्ञान प्राप्त गर्न सक्छन् ।

डोमेन नेम सिस्टम होस्टिङमा डोमेन नाम थप्न प्रयोग गरिन्छ । यसले डोमेनलाई तपाईको वेबसाइट कुन वेब सर्भरमा होस्ट गरिएको छ भनेर थाहा दिन्छ । प्रत्येक सर्भरको डोमेन नेम सिस्टम फरक भएका कारणले यस्तो गरिएको हो ।

कुन कम्पनीबाट होस्टिङ खरिद गर्ने?

तपाईसँग वेब होस्टिङ किन्नको लागि धेरै विकल्पहरू हुनेछन् । तर तपाईले तपाईको आवश्यकता अनुसार कुन कम्पनी सही हुनेछ भनेर निर्णय गर्नुपर्ने हुन्छ । होस्टिङ खरिद गर्नु अघि केही जानकारी हुनु धेरै महत्त्वपूर्ण छ ।

डिस्क स्पेस

डिस्क स्पेस तपाईको होस्टिङको भण्डारण क्षमता हो । तपाईको कम्प्युटरमा ५०० जिबी र १ टेराबाइट स्पेस भए जस्तै होस्टिङमा पनि स्टोरेज क्षमता हुन्छ ।

सम्भव भएसम्म, असिमित डिस्क स्पेसको साथ होस्टिङ खरिद गर्नुपर्छ । असिमित डिस्क स्पेसको होस्टिङ खरिद गर्दा तपाई कहिल्यै डिस्क भरिने खतरामा पर्नु हुने छैन् ।

ब्यान्डविथ

तपाईको वेबसाइटद्वारा एक सेकेन्डमा कति डाटा पहुँच गर्न सकिन्छ, हामी यसलाई ब्यान्डविथ भन्छौं । जब कसैले तपाईको वेबसाइट भिजिट गर्ने गर्दछ, त्यो समय तपाईको सर्भरले जानकारी साझा गर्न केही डाटा प्रयोग गर्दछ ।

यदि तपाईंको ब्यान्डविथ कम छ र अधिक भिजिटरहरूले तपाईंको वेबसाइट पहुँच गरिरहेका छन् भने त्यसपछि तपाईंको वेबसाइट डाउन हुने खतरा हुने गर्दछ । यस कारण होस्टिङका लागि धेरै ब्यान्डविथ डेटा भएमा उपयुक्त हुने गर्दछ ।

अप टाइम

तपाईंको वेबसाइट अनलाइन रहने वा सक्रिय हुने समयलाई अपटाइम भनिन्छ । कहिलेकाहीँ केही समस्याहरूको कारण तपाईंको वेबसाइट डाउन हुने वा नखुल्ने हुन सक्छ ।

हामी यसलाई डाउनटाइम भन्छौं । आजकल प्रत्येक होस्टिङ कम्पनीले ९९.९९ प्रतिशत अपटाइमको ग्यारेन्टी दिने गर्दछन् ।

(एजेन्सीहरुको सहयोमा)