कीवर्डहरू -

खल्ती र थापाथली क्याम्पसबीच डिजिटल शुल्क भुक्तानीको साझेदारी

खल्ती र थापाथली क्याम्पसबीच डिजिटल शुल्क भुक्तानीको साझेदारी

खल्ती डिजिटल वालेटले थापाथली क्याम्पसको शुल्क भुक्तानी डिजिटली लिन पहिलो डिजिटल वालेटको रुपमा साझेदारी गरेको छ।

यस सुविधा अन्तर्गत थापाथली क्याम्पसका विद्यार्थीहरूले शिक्षाको जुनसुकै तहमा दर्ता गर्न, भर्ना गर्न, ट्युसन शुल्क, परीक्षा शुल्क र अन्य शुल्क भुक्तानी गर्न सक्नेछन्।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यो साझेदारीले अन्य शैक्षिक संस्थाहरूलाई पनि डिजिटलाइजेसन प्रति प्रोत्साहित गर्ने बताए ।

शुल्क तिर्नका लागि सुरूमा खल्ती एपमा जानुहोस् । त्यसपछि स्कूल/कलेज फि सेक्शनमा जानुहोस् । अनि कलेज सेक्शन छनौट गर्नुहोस् र थापाथली क्याम्पसमा ट्याप गर्नुहोस् ।

यति गरेपछि भुक्तानी प्रकार र लेभल छनौट गरि फारम भर्नुहोस् र भुक्तानी प्रकृया छनौट गरी भुक्तानी गर्न सकिने छ ।