कीवर्डहरू -

बिहीबार हेटौडामा डिजिटल बागमती संवाद हुँदै, निःशुल्क सहभागी हुन सकिने 

बिहीबार हेटौडामा डिजिटल बागमती संवाद हुँदै, निःशुल्क सहभागी हुन सकिने 

बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल संवाद ४.० आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा बिहीबार हेटौडाको होटल सामनामा डिजिटल बागमती संवाद इन एशोशिएसन विथ फोनपे हुने भएको हो ।

बिहान ११ बजेदेखि सुरू हुने कार्यक्रममा बागमती प्रदेशका मन्त्री, उच्च सरकारी अधिकारी, विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थिति हुनेछ ।

डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल हुनेछ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत हुनुका साथै प्यान डिसकसन सेसन समेत हुने जनाइएको छ । यसअघि कोशी प्रदेश र मधेस प्रदेशमा डिजिटल संवाद आयोजना भइसकेको छ । बागमती पछि बाँकी प्रदेशमा पनि डिजिटल संवाद सञ्चालन हुनेछ ।

सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित एक पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ ।

आयोजकले ग्रान्ड प्रोग्रामको रुपमा असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने हुनेछ । गत वर्षदेखि डिजिटल संवादसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो ।

सातै प्रदेशमा आयोजना हुने कार्यक्रम र सहभागिताको लागि www.digitalsamvad.org हेर्न सकिनेछ । संवादमा निःशुल्क सहभागी हुने सकिने छ ।