कीवर्डहरू -

वेब कन्फरेन्स कम्पनी जुमले भारतमा पायो लाइसेन्स, अब जुम फोन सेवा उपलब्ध गराउने

वेब कन्फरेन्स कम्पनी जुमले भारतमा पायो लाइसेन्स, अब जुम फोन सेवा उपलब्ध गराउने

वेब कन्फरेन्स कम्पनी जुम भिडियो कम्युनिकेसन (जीभीसी)ले  भारतमा  प्यान(इंडिया टेलिकमको लाइसेन्स पाएको छ । भारतको डिपार्टमेन्ट अफ टेलिकम्युनिकेशनक (डीओटी)ले उसलाई एकीकृत रुपमै लामो समयसम्म भिडियो कन्फेरेन्स गर्नको लागि एनएलडी अर्थात नेशनल लङ डिस्टान्स र आईएलडी अर्थात इन्टरनेशनल लङ डिस्टान्स भिडियो कलको लागि स्वीकृति दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लाइसेन्स पाएसँगै अब जुमले भारतमा उद्यम अर्थात इन्टरप्राइजेज ग्राहकहरूलाई टेलिफोन सेवा उलब्ध गराउने सक्‍नेछ। यो अमेरिकामा आधारित कम्पनी भएकाले यसअघि पनि एप र वेबमा आफ्ना प्रयोगकर्ताहरुलाई भिडियो र भ्वाइस कल सेवाहरू उपलब्ध गराउँदै आएको छ।

यस इजाजतपत्रको सहयोगमा कम्पनीले आफ्नो क्लाउड आधारित प्राइभेट ब्रान्च एक्सचेन्ज (पीबीएक्स) सेवा ‘जुम फोन’ भारतमा सञ्चालित बहुराष्ट्रिय निगमहरू (एमएनसीज) र व्यवसायहरूलाई उपलब्ध गराउनेछ।

हाल, कम्पनीले यो सेवा विभिन्न ४७ देशहरूमा उपलब्ध गराउँदै आएको छ ।  जसमा ग्राहकहरूले फोन नम्बर र विभिन्न ट्यारिफ योजनाहरू प्राप्त गर्छन्।

जुम फोनको मद्दतले कम्पनीहरूले आफ्ना कर्मचारीहरूसँग राम्रोसँग काम गर्न सक्नेछन् भने यसले ग्राहकको अनुभवमासमेत  परिवर्तन गरी थप सेवा विस्तार हुने कम्पनीले विश्वास लिएको छ।

पीबीएक्सले स्थानीय टेलिफोन एक्सचेन्जको रूपमा काम गरेर कम्पनीहरूको लागि सम्मेलन कल सेवा व्यवस्थापन गर्न मद्दत गर्ने बताइएको छ।