कीवर्डहरू -

यसरी गर्नुहोस् पीडीएफ फाइल लक

यसरी गर्नुहोस् पीडीएफ फाइल लक

अहिलेको डिजिटल समयमा मानिसहरू भौतिक दस्तावेज भन्दा डिजिटल दस्तावेजहरु प्रयोग गर्न रुचाउँछन् । यसका साथसाथै मानिसहरूलाई गोपनीयताको आवश्यकता पनि बढ्दै गइरहेको छ ।

गोपनीय रिपोर्टहरु, कानूनी कागजातहरु वा संवेदनशील विवरणहरुको पीडीएफहरूलाई अन्य व्यक्तिको अनधिकृत पहुँचबाट टाढा राख्नु अत्यन्त आवश्यक छ । तर धेरैलाई आफ्नो अनलाइन डुकुमेन्ट सुरक्षित राख्ने जानकारी हुँदैन् ।

कम्प्युटरमा सजिलैसँग हामीले बनाएको पिडिएफ, डकुमेन्ट, एक्सेल फाइल वा पावरपोइन्टहरुलाई आवश्यकता अनुसार लक गरी सुरक्षित राख्न सकिन्छ भने मोबाइलमा त्यो प्रविधिको विकास भइसकेको छैन् ।

यस्ता क्रियाकलापहरू मोबाइलबाट गर्नको लागि थर्ड पार्टी एप्लिकसनहरूको भर पर्नुपर्छ । यसरी त्यस्ता एप्लिकेशनलाई आफ्नो मोबाइलको फाइलको एक्सेस दिँदा आफ्नो डेटा चोरी हुनेदेखि लिएर विभिन्न समस्याहरू आउन सक्छन् ।

त्यसकारण आज हामी पीडीएफ फाइललाई लक गरी आफ्नो डेटा सुरक्षित गर्ने तरिका जानकारी दिदैछौं । यसका लागि सबैभन्दा सुरुमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि एउटा साइट खुल्छ र अब सेलेक्ट फाइलमा गएर आफूले सुरक्षित गर्न चाहेको पिडिएफलाई अपलोड गर्नुपर्छ ।

त्यसपछि सेट पासवर्डमा क्लिक गरेर पासवर्ड राख्नुपर्छ । पासवर्ड कम्तिमा पनि आठ अक्षरको हुनुपर्छ र त्यसमा संख्याहरू र विशेष क्यारेक्टरहरूको मिश्रण गर्नु बढी सुरक्षित मानिन्छ । साथै त्यहाँ तपाईंले पासवर्ड स्ट्रेन्थ पनि देख्न सक्नुहुनेछ । अब सेट पासवर्डमा क्लिक गर्नुहोला ।

त्यसपछि तपाईंको पासवर्डसहितको सुरक्षित पिडिएफ फाइल तयार भएको छ र डाउनलोडमा क्लिक गरी उक्त फाइललाई डाउनलोड गर्न सक्नुहुनेछ । अब तपाई वा अन्य जो कोही व्यक्तिले उक्त फाइल खोल्नु अघि राखेको पासवर्ड प्रविष्ट गर्नुपर्छ अनि मात्र खुल्छ ।

यसरी तपाईंले आफ्नो महत्वपूर्ण वा गोप्य फाइलहरू लाई लक गरी सुरक्षित राख्न सक्नुहुनेछ । साथै तपाईंले यसको प्रीमियम भर्सनपनि प्रयोग गर्न सक्नुहुन्छ, जसमा तपाईंले क्रियट पिडिएफ, कम्बाइन, कम्प्रेस फाइल्स जस्ता विभिन्न फिचरहरु प्राप्त गर्न सक्नुहुनेछ ।