कीवर्डहरू -

५००० एमएएएच ब्याट्री सहितको पोको एम फाइभ छुट मूल्यमा उपलब्ध

५००० एमएएएच ब्याट्री सहितको पोको एम फाइभ छुट मूल्यमा उपलब्ध

स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताहरूका लागि वैशाख २१  देखि जेठ १७ सम्मको सिमित अवधिका लागि पोको एम फाइभ छुट मूल्यमा उपलब्ध गराउने भएको छ । पोको एम फाइभ गेमिङको मज्जा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन हो ।

पोको एम फाइभ एक शक्तिशाली स्मार्टफोन हो जसमा ६.५८ –इन्च ९० हर्ज एफएचडी प्लस डिस्प्ले, एक शक्तिशाली ६ न्यानोमिटर मिडिया टेक हेलियो जि ९९ प्रोसेसर, र ५००० एमएएएच ब्याट्री जडान गरिएको छ । यसमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ पछाडि ट्रिपल क्यामेरा सेटअप पनि छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ ।

उपलब्धता

पोको एम फाइभ कालो, हरियो र पहेँलो गरी तीन रंगहरूमा आउनेछ भने यो चार जिबी+६४ जीबी र ६ जिबी+१२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ ।

चार जिबी+६४ जीबीको वास्तविक मूल्य रु. २०,४९९  र छुट मूल्य रु. १९,९९९  रहेको छ । ६ जिबी+१२८ जीबीको वास्तविक मूल्य रु. २३,९९९ र छुट मूल्य रु. २२,९९९  रहेको छ ।

देशभरका सबै आधिकारिक स्टोरहरूमा पोको एम फाइभ वैशाख २१ देखि जेठ १ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध हुनेछ ।