कीवर्डहरू -

रिपोर्टिङ गर्न गएका टेकपानाका सञ्चारकर्मीमाथि सुन्दर यातायातका अध्यक्षको दुर्व्यवहार

रिपोर्टिङ गर्न गएका टेकपानाका सञ्चारकर्मीमाथि सुन्दर यातायातका अध्यक्षको दुर्व्यवहार

रिपोर्टिङ गर्न गएका टेकपाना डटकमका सञ्चारकर्मीमाथि सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले दुर्व्यवहार गरेका छन् ।

टेकपाना मिडिया प्रालिले बिहीबार एक विज्ञप्ती जारी गर्दै सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले रिपोर्टिङ गर्न गएका आफ्ना सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो ।

सुन्दर यातायात अन्तर्गतको सुन्दर अटो इन्जिनियरिङले नेपालमा तयार पारिरहेको विद्युतीय बाइकको रिपोर्टिङको लागि पुगेका टेकपानाका सञ्चारकर्मीमाथि कम्पनीका अध्यक्ष भेषबहादुर थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको कम्पनीको भनाइ छ ।

‘कम्पनीका अध्यक्ष थापाले नै टेकपानाका पत्रकार तथा सञ्चारकर्मीलाई आफ्नो कम्पनीले विकास गरिरहेको विद्युतीय मोटरसाइकलको विषयमा जानकारी दिएर रिपोर्टिङका लागि अनुरोध गरेका थिए,’ विज्ञप्तीमा भनिएको छ, ‘सुन्दर यातायातका कर्मचारीसंगको समन्वयमै टेकपाना प्रतिनिधिले कम्पनीले विकास गरिरहेको विद्युतीय बाइकको विषयमा बुधबार रिपोर्टिङ गरेका थिए । रिपोर्टिङ सकिएपछि आइपुगेका कम्पनीका अध्यक्ष थापाले ब्याट्रीको भिडियो किन खिचेको भन्दै अमर्यादित शब्दको प्रयोग गर्दै भिडियो डिलिट गर्न लगाएका थिए।’

टेकपानाका प्रतिनिधिले कम्पनीको गोपनीयतामा आघात पुयाउने उद्देश्य नभएको र गोपनीयता भङ्ग हुने कुनै पनि भिडियो प्रसारण तथा प्रकासन नगर्ने आश्वस्त तुल्याउँदा पनि थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए ।

\"\"