कीवर्डहरू -

बिदामा हुँदा पनि अटोमेटिक रिप्लाई गर्ने जिमेलको भ्याकेसन रिस्पोन्डर, यसरी गर्नुहोस् प्रयोग

बिदामा हुँदा पनि अटोमेटिक रिप्लाई गर्ने जिमेलको भ्याकेसन रिस्पोन्डर, यसरी गर्नुहोस् प्रयोग

छुट्टीको नाम लिने बित्तिकै हाम्रो खुसीको सीमा नै रहँदैन् । बिदामा बस्न सबैलाई रमाइलो लाग्छ । तर  कहिलेकाँही कामको इमेल आउछ की समयमै प्रतिक्रिया दिनुपर्ने हो की जस्ता प्रश्नहरुले झस्काइ रहन्छ ।

यही समस्याबाट बचाउनका लागि गूगलले आफ्नो जिमेलमा भ्याकेसन रिस्पोन्डर फिचर सार्वजनिक गरेको छ । यसले प्रयोगकर्ताले चाहेअनुसारको जवाफ दिन सक्छ र इमेल गरेका सबैलाई छुट्टीमा हुनुहुन्छ भनेर जानकारी दिन सक्छ ।

प्रतिक्रियाबिनानै छोडिरहँदा इमेल पठाउनेलाई तपाईले याद नगरेको वा केही कारणवश तपाईले इमेलको रिप्लाई दिइरहनुभएको छैन् भनेर चिन्ता लाग्ने समस्याबाट मुक्त गर्नका जिमेलले भ्याकेसन रिस्पोन्डर फिचर ल्याएको हो ।

भ्याकेसन रिस्पोन्डरले स्वचालित जवाफहरू फर्काउने सेवा दिन्छ, जुन तपाईं अफिसबाट बाहिर हुँदा सेट गर्न सक्नुहुन्छ र तपाईको अनुउपस्थितिमा पनि मेलहरु आफै जान सक्ने छन् ।

भ्याकेसन रिस्पोन्डरले कसरी काम गर्छ ?

यो सुविधा जीमेलको वेब र मोबाइल एप दुवैका लागि उपलब्ध छ । यसलाई प्रयोग गर्न सबैभन्दा पहिले आफ्नो फोनमा जीमेल खोल्नुहोस् र तीन–लाइन मेनुमा जानुहोस् ।

तल गएर सेटिङ्गमा क्लिक गर्नुहोस्। त्यसपछि अकाउन्टमा क्लिक गर्नुहोस्, जसमा तपाई भ्याकेसन रिस्पोन्डर राख्न चाहनुहुन्छ।

यति गरेपछि अब तपाईले भ्याकेसन रिस्पोन्डर जनरलको तल देख्नुहुनेछ, यसलाई क्लिक गर्नुहोस् र टगल अन गर्नुहोस् ।

यहाँ तपाईंले आफ्नो प्रस्थान र फर्कने मितिसहित आफ्नो सन्देश सेट गर्नुपर्छ र डनमा क्लिक गर्नुपर्ने हुन्छ । यदि तपाई वेबसाइट भर्सन प्रयोग गर्दै हुनुहुन्छ भने, पृष्ठको दायाँ कुनामा देखिने सेटिङ अप्सनमा क्लिक गर्नुहोस् र सि अल सेटिङमा क्लिक गर्नुहोस् ।

यसपछि तल जनरलमा जानुहोस्, जहाँ तपाईंले भ्याकेसन रेस्पोन्डर अप्सन देख्नुहुनेछ । यहाँ तपाईंले आफ्नो प्रस्थान र फर्कने मितिको साथ आफ्नो सन्देश सेट गर्नुपर्नेछ र सेभ अल चेन्जेज अप्सनमा क्लिक गर्नुहोस् ।

नोटः यो सेटिङले तपाईंको इमेलमा सेट गरिएको सन्देशको साथ जवाफ दिनेछ। तपाईं यसलाई कुनै पनि समयमा बन्द वा परिवर्तन गर्न सक्नुहनेछ ।