कीवर्डहरू -

सबैका लागि उपलब्ध भयो माइक्रोसफ्टको एआई टूल बिंग, नयाँ फिचर पनि सार्वजनिक

सबैका लागि उपलब्ध भयो माइक्रोसफ्टको एआई टूल बिंग, नयाँ फिचर पनि सार्वजनिक

माइक्रोसफ्टले आफ्नो नयाँ एआई संचालित बिंग सबैका लागि उपलब्ध गराएको छ । कम्पनीका अनुसार अहिले कुनै पनि प्रयोग वेटिङ लिस्टमा छैनन् ।

योसँगै माइक्रोसफ्ट एआई आधारित सर्च इन्जिन भएको पहिलो कम्पनी बनेको छ । माइक्रोसफ्टले बिंगमा धेरै नयाँ अपडेटहरु पनि सार्वजनिक गरेको छ ।

कम्पनीले टेक्सट नअली सर्च र फोटो– र भिडियो–केन्द्रित जवाफहरूको साथ च्याटमा थप अपडेटहरू ल्याएको छ । बिंगले च्याटलाई थप स्मार्ट सुविधाहरूसहित अपग्रेड गर्दैछ, जसले प्रयोगकर्ताहरूलाई तस्बिरहरू मात्र अपलोड गरेर सम्बन्धित सामग्रीको लागि वेब सर्च गर्न दिनेछ ।

त्यस्तै प्रयोगकर्ताहरू एकै साथ आफ्नो अघिल्लो च्याटमा फर्कन सक्छन् र च्याट हिस्ट्री पहुँच पनि गर्न सक्नेछन् ।कम्पनीले प्रयोगकर्ताहरूलाई नयाँ बिंग च्याट सुविधा प्रयोग गर्नका लागि आफ्नो वेटिङ हटाएको हो ।