कीवर्डहरू -

आईओएस १६ चल्ने आइफोनका लागि एप्पलको नयाँ अपडेट

आईओएस १६ चल्ने आइफोनका लागि एप्पलको नयाँ अपडेट

एप्पलले आईओएस १६ चलिरहेको आईफोनहरूको लागि नयाँ सुरक्षा अपडेट सार्वजनिक गरेको छ । नवीनतम सफ्टवेयर प्याचहरूलाई र्‍यापिड सेक्युरिटी रेस्पोन्स भनिन्छ, जुन कम्पनीले ठूलो बग वा सुरक्षा त्रुटि फेला पारेमा जारी गर्छ र यही अपडेट कम्पनीले आइओएस १६ चल्ने सबै डिभाइसका लागि सार्वजनिक गरेको हो ।

आइओएस १६.४.१ चल्ने आईफोनहरूको लागि र्‍यापिड सेक्युरिटी रेस्पोन्स अपडेट सार्वजनिक गरेको हो र यो करिब ९० एमबिको रहेको छ । यो अपडेटले आईफोनहरूलाई अझ सुरक्षित बनाउने बताइएको छ ।

केही प्रयोगकर्ताले सफ्टवेयर इन्स्टल नभइरहेको गुनासो गरेका छन् । त्यस्तो भएमा आईफोन रिस्टार्ट गरेर र सफ्टवेयर अपडेट पुनः डाउनलोड गर्न सकिने छ ।

यो अपडेट विशेषगरी आईफोन ८, आईफोन एक्स, आईफोन एक्सआर, आईफोन ११, आईफोन १२, आईफोन १३ र आईफोन १४ श्रृंखलाका लागि पनि उपलब्ध छ ।