कीवर्डहरू -

पोको एक्स फाइभ प्रो फाइभजी नेपाली बजारमा, के के छन् विशेषता ? 

पोको एक्स फाइभ प्रो फाइभजी नेपाली बजारमा, के के छन् विशेषता ? 

नेपालमा पोको एक्स फाइभ प्रो  फाइभजी सार्वजनिक भएको छ । ५ हजार एमएएच ब्याट्री, ६७ वाट फास्ट चार्जिङ र नवीनतम प्रविधि समावेश गरिएको पोको एक्स प्रो फ्राइभजी नेपालमा सार्वजनिक भएको हो ।

यो फोन वैशाख २२ गतेदेखि वैशाख २७ गतेसम्म दराजमा प्रि-बुकिङको लागि खुल्ला रहेको छ । ६.६७ इन्ड फ्लो एमोलेड डिस्प्ले रहेको फोनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

पोको एक्स प्रो फाईभजीमा स्न्यापड्रयागन ७७८ जी प्रोसेसर प्रयोग गरिएको छ । यस शक्तिशाली चिपसेटको प्रयोगले इमेजहरू छिटो प्रशोधन हुने भएकाले फोटो र भिडियो खिच्न छिटो र सहज बनाउने बताइएको छ ।

फोनमा १०८ मेगापिक्सेलको मुख्य रियर क्यामेरा राखिएको छ । यसको सेल्फी क्यामेरा १६ मेगापिक्सेलको रहेको छ ।

पोको एक्स प्रो फाईभजी फोन नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज गरी २ भेरियन्टमा उपलब्ध रहेको छ, जसको मूल्य क्रमशः ३९ हजार ९९९ र ४२ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

हाल प्रि-बुकिङका लागि उपलब्ध रहेको यो फोन वैशाख २८ गतेदेखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।