कीवर्डहरू -

टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन गर्न के के गर्दैछ दूरसञ्चार प्राधिकरण ?

टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन गर्न के के गर्दैछ दूरसञ्चार प्राधिकरण ?

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेट लगायतका तारहरु सडक किनारका पोलहरुमा व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न संचारमाध्यममा प्रकाशित समाचारहरु प्रति गम्भिर ध्यानाकर्ष भएको जनाएको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले दशकौ देखि टाँगीएका र सेवा प्रवाह भईरहेको तार एकै पटक व्यवथापन गर्न कठिनाई हुने भन्दै दूरसंचार सेवा अवरुद्ध नहुने गरी व्यवस्थापन गर्नुपर्ने बताएको हो ।

दीर्घकालीन रुपमा तार लगायत अन्य युटिलिटीहरुको व्यवस्थापनको लागि सडक निर्माण हुदाँ युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भईरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार दूरसंचार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाई यस अगाडि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थान हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भईरहेको छ ।

अव्यवस्थित रुपमा रहेको तारहरुलाई अल्पकालीनरुमा व्यवस्थापन गर्ने क्रमममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरी, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघर लगायत पाटन दरवार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बंडलिंग गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राथमिकताको आधारमा अन्य रुटमा समेत योजना बनाई तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने प्राधिकरणको भनाइ छ ।

इन्टरनेट सेवा अति आवश्यक सेवा भएको र यसको पूर्वाधारमा क्षति पुग्न जाँदा बैंक, हवाईसेवा, नेपाल सरकारबाट नागरिक लक्षित गरी प्रदान गर्दै आएका अनलाइन सेवा अवरुद्ध हुनेछ ।

दूरसञ्चार पूर्वाधारमा क्षतिपुर्याउने कार्य दूरसंचार ऐन, २०५३ अनुसार दण्डनीय समेत हुने हुनाले क्षति पुग्ने कार्य नगर्न/ नगराउन तथा यसको व्यवस्थापन कार्यमा सेवा प्रदायक र प्राधिकरणबाट भइरहेको कार्यलाई सघाउ पुर्याईदिनु हुन प्राधिकरणले अनुरोध गरेको छ ।