कीवर्डहरू -

मे ९ देखि १२ सम्म काठमाडौं विश्वविद्यालयमा दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना हुँदै

मे ९ देखि १२ सम्म काठमाडौं विश्वविद्यालयमा दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना हुँदै

नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गर्ने भएको छ ।  कन्फेरेन्स आगामी मे ९ देखि १२ सम्म काठमाडौं विश्वविद्यालय सञ्चालन हुनेछ ।

सन् २०१८ को एसक्युएल कन्फेरेन्स सफल भएपछि संस्थाले दोस्रो कन्फेरेन्स आयोजना गर्दैछ । कन्फेरेन्समा पोस्टग्रे एसक्युएल यूजर ग्रुप कम्युनिटीका लोकप्रिय व्यक्ति र अरु स्थानीय वक्ताहरुसँग छलफल गरिनेछ ।

कन्फेरेन्स भन्दा अघि पनि दुई दिनको प्रि कन्फेरेन्स ट्रेनिङ सेसन आयोजना हुनेछ । मे ९ र १० मा शिक्षा, उद्योग, सरकारी र गैरसरकारी क्षेत्रहरुबाट करिब ३५ जनाले प्रशिक्षण लिनेछन् ।

प्रमुख कन्फेरेन्स मे ११ र १२ मा आयोजना हुनेछ र यसमा अन्तर्राष्ट्रिय वक्ताको रूपमा पोस्टग्रे एसक्युएल कम्युनिटीका व्यक्तिहरूको उपस्थित हुनेछन् । कार्यक्रममा की नोट सेसन, प्यारेलल टक सेसन र वर्कशपहरु आयोजना हुनेछन् ।

कार्यक्रम प्रमुख बाल कृष्ण बालले यस कार्यक्रममा विविध क्षेत्रबाट सहभागिता हुने र यसले एक शक्तिशाली पोस्टग्रे एसक्युएल यूजर ग्रुप नेपाल बनाउन मद्दत गर्ने अपेक्षा गरेका छन् । यस कार्यक्रमको बारेमा थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोस् ।