कीवर्डहरू -

संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने तयारी

संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने तयारी

संसदमा विद्युतीय हाजिर राखिने भएको छ । आईतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा ई-हाजिरी राख्ने बारे छलफल भएको हो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले सांसदहरुको हाजिरी विद्युतीय माध्यमबाट हुनुपर्ने व्यवस्थाका बारेमा पनि छलफल भएको बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सदनमा हाजिर गरेर हिँड्ने प्रवृत्ति हाबी भएकाले विद्युतीय हाजिरीका विषयमापनि छलफल भएको बताए ।

उनले अगाडि भने, ‘सांसदहरु हाजिर गरेर हिँड्ने प्रवृत्ति छ । यसलाई रोक्न ई-हाजिरी गर्ने व्यवस्थाका बारेमा कुरा भएको छ ।’