कीवर्डहरू -

टेल्जी नेपालको नयाँ शोरुम पोखरामा

टेल्जी नेपालको नयाँ शोरुम पोखरामा

टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ । योम मा ई मोटर्सले टेल्जी विद्यूतीय स्कुटरको पोखराको लागि माँ मैत्री ट्रेडर्सलार्ई डिलरमा नियुक्त गरेको हो ।

माँ मैत्री ट्रेडर्सले पोखरा महेन्द्रपुल ९ मा टेल्जीको नयाँ सोरुम संचालनमा ल्याएको हो । कम्पनीको यो १० औं शोरुम हो ।

उक्त सोरुमले टेल्जीका विद्युतिय स्कुटर विक्री गर्नुका साथै विक्री पछिको सेवा समेत उपलब्ध गराउने छ ।

उक्त शोरुम उद्धघाटन कार्यक्रममा बोल्दै योम मा ई मोटर्सका निर्देशक संञ्जिव शिल्पकारले काठमाडौं, बुटवल, नेपालका पूर्वि शहरुहरु लगायतका धेरै शहरहरुका ग्राहकहरुको मायाले हामी नेपालमा नै सार्वधिक लोकप्रिय ब्रान्ड पोखरा जस्तो सफा र सुन्दर सहरमा हाम्रो शोरुम संचालनमा ल्याउन पाँउदा अत्यन्तै हर्षित भएको बताए ।