कीवर्डहरू -

मोड्युलर मोनोलिथ : हाउ टू बिल्ड वान एण्ड लेसन्स विषयमा वेबिनार हुँदै

मोड्युलर मोनोलिथ : हाउ टू बिल्ड वान एण्ड लेसन्स विषयमा वेबिनार हुँदै

टेक वेबिनार नेपालले मोड्युलर मोनोलिथः हाउ टू बिल्ड वान एण्ड लेसन्सबारे वेबिनार आयोजना गर्ने भएको छ । आउँदो आईतबार साँझ ६ बजे देखि वेबिनार सुरू हुनेछ ।

यो टेक वेबिनार नेपालको ५३ औँ श्रृखंला हो । कार्यक्रममा मोड्युलर मोनोलिथ आर्किटेक्चेर प्रयोग गरी एप कसरी बनाउने भन्नेबारे छलफल गरिनेछ । त्यस्तै डटनेट लाइब्ररी कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि छलफल गरिनेछ ।

यस कार्यक्रमको विषयमा वक्ताको रुपमा ६ वर्ष देखि सफ्टवेयर इन्जिनियर र सफ्टवेयर आर्किटेक्टको रुपमा काम गरिसकेका मिलान जोभानोभिक रहेका छन् । कार्यक्रममा सहभागी हुन् यहाँ क्लिक गरि फर्म भर्नुहोस् ।