कीवर्डहरू -

सिटिजन्स बैंकका कार्डबाहकलाई अन्नपूर्ण केवलकारमा २५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका कार्डबाहकलाई अन्नपूर्ण केवलकारमा २५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपूर्ण केवलकारबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले केवलकारमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

साथै पोखरास्थित सिटिजन्स बैंकका शाखाहरूमा नयाँ खाता खोल्ने ग्राहकहरmका लागि अन्नपूर्ण केवलकारको टिकट निशुल्क उपलब्ध हुने छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।