कीवर्डहरू -

लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्नेलाई कारवाही होस्ः सांसद निशा डाँगी

लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्नेलाई कारवाही होस्ः सांसद निशा डाँगी

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांदस निशा डाँगीले लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्नेलाई कारवाही गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद डाँगीले लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्ने जिम्मेवार निकायलाई कारवाही गर्न माग गरेकी हुन् ।

‘नेपालका अधिकांश युवा बिदेसिएका छन् । केहीले स्वदेशमै भविष्य खोजिरहेकालाई प्रोत्साहन गर्नुको सट्टा सरकारले उल्टै निरुत्साहन गरिरहेको छ,’ उनले भनिन्, ‘यसरी युवाको भविष्य सँग खेलबाड नगरियोस् र डाटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस् सभामुख महोदय । र पटक पटक लोकसेवा आयोगले लिने परीक्षाको मिति सरिरहने समस्याको अन्त्य गर्न सभामुख मार्फत सम्बन्धी निकायसँग अनुरोध गर्न चाहन्छु ।’

२०७९ साल मंसिर, पुस र माघ महिनामा लोक सेवा आयोगमा दरखास्त दिएका झण्डै चार लाख आवेदकको डेटा हराएपछि लोकसेवा आयोगले नयाँ दरखास्त आह्वान गरिसकेको छ । लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डेटा सेन्टर जीआईडीसीबाट हराएका डेटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको थियो ।

विश्वमा प्रविधिले फड्को मारिरहँदा लोकसेवा आयोग जस्तो जिम्मेवार निकायले डेटा सुरक्षित नराख्नु, आयोगले डेटा रिकभर गर्न नसक्नु ? र अन्तिममा आएर पुन फारम भर्न लगाउने, कति सम्मको लापरबाही हो यो ? भन्दै उनले प्रश्न गरिन् ।