कीवर्डहरू -

चिनियाँ इन्टरनेट कम्पनी बाइडुले आफ्नै स्मार्टफोन सार्वजनिक गर्दै

चिनियाँ इन्टरनेट कम्पनी बाइडुले आफ्नै स्मार्टफोन सार्वजनिक गर्दै

चिनियाँ कम्पनीका स्मार्टफोन प्रयोगकर्ताहरूले चीन बाहिर धेरै देशहरूमा मन पराउँछन् । यही क्रममा चीनको चर्चित र ठूलो कम्पनी बाइडुले पनि अब स्मार्टफोनमा काम गर्ने भएको छ ।

कम्पनीले आफ्नो पहिलो डिभाइसका साथ विश्वव्यापी स्मार्टफोन बजारमा प्रवेश गर्न लागेको हो । चीनको इन्टरनेट प्रमुख कम्पनी बाइडुले अर्को हप्ता आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गर्न लागेको छ ।

समाचार एजेन्सी आइएएनको रिपोर्ट अनुसार बेइजिङस्थित कम्पनीको साओडु इकाईले नयाँ अफर ल्याउन लागेको छ ।

गुगलको पहिलो प्रतिद्वन्द्वी कम्पनी बाइडु चीनको लोकप्रिय इन्टरनेट सर्च इन्जिन हो । चीनमा गूगल प्रतिबन्धित गरिएकाले गूगलको सट्टा बाइडु प्रयोग गरिन्छ ।

कम्पनी हाल स्मार्ट स्पिकर र डिस्प्लेका लागि पनि चर्चित रहेको छ । अब बाइडुले स्मार्टफोन पनि थप्न लागेको छ । स्मार्टफोन बजारमा चिनियाँ कम्पनीहरु एकदमै लोकप्रिय छन् ।

विश्वका पाँच ठूला स्मार्टफोन ब्राण्डमध्ये तीनमा चिनियाँ कम्पनीको नाम छ । यस्तो अवस्थामा बाइडुको नयाँ स्मार्टफोनको प्रवेशलाई पनि सकारात्मक रुपमै लिइएको छ ।