कीवर्डहरू -

नेपालमा टाटा नेक्सन म्याक्स विद्युतीय गाडी सार्वजनिक, कति छ मूल्य ?

नेपालमा टाटा नेक्सन म्याक्स विद्युतीय गाडी सार्वजनिक, कति छ मूल्य ?

टाटा मोटर्सका लागि सिप्रदी ट्रेडिङले नेपाली बजारमा नयाँ ईभी मोडल 'नेक्सन म्याक्स' भित्र्याएको छ । यसअघिको टाटा नेक्सन ईभीको अपार सफलतापछि कम्पनीले नेक्सन म्याक्स भित्र्याएको हो ।

नेक्सन म्याक्स १०० किलोवाट इलेक्ट्रिक इन्जिनका साथमा ४१.५ किलोवाटको ब्याट्री क्षमतामा आएको छ ।  यद्यपि भारतीय बजारमा भने सोही मोडल १०५ किलोवाट इन्जिनमा उपलब्ध छ  ।

उपलब्ध नेक्सन म्याक्स हाइटेक र फिचर लोडेड मोडल हो । यसमा मल्टी रिजेनेरेटीभ ब्रेकिङ मोड पाउन सकिन्छ । एआरएआईका अनुसार यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ४५३ किलोमिटरसम्म गुडाउन सकिन्छ ।

एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा लन्च भएको नेक्सन म्याक्समा दुईथरी चार्जिङ अप्सन दिएको छ । यसमा स्ट्याण्डर्ड ३.३ र अर्को ७.२ किलोवाट क्षमताको दुई फरक अनवोर्ड चार्जर पाउन सकिन्छ ।

नेक्सन  ईभीको भन्दा थप फिचरस र पर्फमेन्ससहित आएको छ । नेक्सन ई  म्याक्स ईभी ४६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।