कीवर्डहरू -

डिजिटल लर्निङका १० रोचक तथ्यहरु

डिजिटल लर्निङका १० रोचक तथ्यहरु

 १. मोबाइल डिभाइस, ट्याब्लेटको प्रयोगबाट अध्ययन गर्दा ४३ प्रतिशतले प्रोडक्टिभिटी बढेको ग्रोथ इन्जिनियरिङ नामक संस्थाले गरेर अध्ययनले देखाएको छ । 

२. सन् २०१६ मा विश्वमा मोबाइल लर्निङ उद्योग ५.३ बिलियन डलरको रहेको थियो भने सन् २०१७ को मध्यसम्ममा यो १२.२ बिलियन डलरमा पुगेको थियो । स्रोत : ई–लर्निङ इन्डस्ट्री 

३. सन् २०१७ मा ८ प्रतिशत कम्पनीले म्यासिभ ओपन अनलाइन कोर्स (MOOCs) को प्रयोग गरेका थिए । तर अहिले यो संस्था दोब्बरले बढिसकेको छ । 

४. भर्चुअल ट्रेनिङ कोर्स गर्दा क्लासरुममा भन्दा ४० देखि ६० प्रतिशत कम समय लाग्छ । अनलाइन कोर्स गर्दा विद्यार्थीले धेरै कन्सेप्ट र आइडियाहरु समेत जानिरहेका हुन्छन् । स्रोत : ई–लर्निङ इन्जिनियरिङ 

५. आइबिएमले आफ्ना कर्मचारीको लागि भर्चुअल ट्रेनिङ कार्यक्रमले २०० मिलियन डलर रुपैयाँ जोगाएको छ । यसको मतलब थोरै रकममा अनलाइन ट्रेनिङ गराउन सकिन्छ । स्रोत : आइआरआरओडिएल

६. ई–लर्निङ प्रोडक्टहरुले १८ प्रतिशतले कर्मचारीको इन्गेजमेन्टलाई बढाएको तथ्यांक छ । स्रोत : मोली फ्लेटचेर 

७. उत्तर अमेरिकाले विश्वभरमा भएको ई–लर्निङको ५३ प्रतिशत सेयर होल्ड गर्दछ । अमेरिका ई–लर्निङ बजारको लागि ठूलो खेलाडी हो । स्रोत : टेक्नाभिओ

८. ७० प्रतिशत प्रोफेसनलहरुले व्यापारको लागि आफ्नो व्यक्तिगत डिभाइसहरु प्रयोग गर्दछन्, जसले गर्दा कार्यालय बाहिर पनि ई–लर्निङको प्लाटफर्म प्रयोग गर्न सहज हुने गरेको छ । 

९. २०१८ को तथ्यांकमा प्रोफेसनलहरुले आफ्ना ३ देखि ४ वटा मोबाइल डिभाइसहरु प्रयोग गरिरहेका हुन्छन् । स्रोत : गार्टनर 

१०. ई–लर्निङ कोर्सहरुले ९० प्रतिशत इनर्जी कम खपत गरिरहेका हुन्छन् । यो इको फ्रेन्ड्ली पनि हुन्छ । स्रोत : ओपन युनिभर्सिटी