कीवर्डहरू -

आइएमईमार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा १०० रूपैयाँ बोनस

आइएमईमार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा १०० रूपैयाँ बोनस

‘आइएमई पे’ मा आइएमईका केही अन्तर्राष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहकले रु १०० बोनस पाउने भएका छन् ।

आइएमई पेले आइएमई रेमिट सँगको सम्झौता अन्तर्गत ग्राहकलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आईरहेको छ । साथै पछिल्लो समयदेखि आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहकलाई रु ५० बोनस दिदै आईरहेको छ ।

यसैक्रममा अब ग्राहक वर्गले अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत र बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट मनी ग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिट बाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेबाट प्राप्त गर्दा ग्राहक वर्गले रु १०० बोनस पाउने छन् ।