कीवर्डहरू -

सामसङ ग्यालेक्सी ए २४ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ? 

सामसङ ग्यालेक्सी ए २४ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ? 

सामसङले नेपाली बजारमा ग्यालेक्सी ए २४ फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ ग्यालेक्सी ए २४ उपलब्ध भएको हो ।

फोनमा ६ जीबी र ८ जीबी र्‍याम उपलब्ध रहेको छ भने आन्तरिक स्टोरेज १२८ जीबी जीबी रहेको छ । आन्तरिक स्टोरेजलाई मेमोरी कार्ड राखेर १ टिबीसम्म भडाउन सकिन्छ ।

ग्यालेक्सी ए २४ मा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा जडान गरिएको छ, जसलाई ५ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेल म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

यसमा मिडिया टेक हिलियो जी ९९ प्रोसेसर प्रयोग गरिएको छ । ५ हजार एमएएच ब्याट्री रहेको फोनले २५ वाटको फास्ट चार्ज सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

६ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएको ग्यालेक्सी ए २४ को मुल्य २८ हजार ९९९ रूपैयाँ कायम गरिएको छ भने ८ जीबी र्‍याम १२८ जीबीको मूल्य ३१ हजार ९९९ रूपैयाँ तोकिएको छ ।