कीवर्डहरू -

गूगलको सबैभन्दा ठूलो वार्षिक कार्यक्रम सम्पन्न, के के भए सार्वजनिक ?

गूगलको सबैभन्दा ठूलो वार्षिक कार्यक्रम सम्पन्न, के के भए सार्वजनिक ?

सूचना प्रविधि कम्पनी गुगलको सबैभन्दा ठूलो कार्यक्रम गूगल आइओ २०२३ बुधबार राति क्यालिफोर्नियामा सम्पन्न भएको छ । कार्यक्रमको सुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले गरेका थिए ।

यो वर्ष एआईका लागि गूगलले निकै कामहरु गरेको र अब जेनेरेटिभ एआईमा नयाँ आयाम लिने पिचाइले दावी गरेका छन् ।

सुन्दर पिचाईले सर्वप्रथम जेमिनाई एआई टूल सार्वजनिक गरेका थिए । जेमिनाई एआईको भविष्यको उन्नत मोडेल हुनेछ । यो एआई उपकरणले वाटरमार्किङ र मेटा–डेटा प्रविधिलाई अझ सक्षम बनाउनेछ ।

गुगलको पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन पिक्सेल फोल्ड सार्वजनिक

\"\"
गुगलले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन पिक्सेल फोल्ड पनि सार्वजनिक गरेको छ । कम्पनीले यस प्रिमियम स्मार्टफोनको प्रारम्भिक मूल्य १,७९९ डलर राखेको छ ।

गुगल पिक्सेल फोल्डमा ७.६ इन्चको मुख्य डिस्प्ले र ६.२ इन्चको कभर डिस्प्ले छ । फोटोग्राफीको लागि, स्मार्टफोनमा ४८ मेगापिक्सेल + १० मेगापिक्सेल + १० मेगापिक्सेल क्यामेरा उपलब्ध छ । यो फोल्ड गर्न मिल्ने स्मार्टफोन ३ रङ अप्सनहरूसँग आउँने छ ।

गूगल पिक्सेल ७ ए स्मार्टफोन र पिक्सेल ट्याब्लेट विश्वव्यापी बजारमा सार्वजनिक

\"\"

गुगलले गूगल पिक्सेल ७ ए स्मार्टफोन र पिक्सेल ट्याब्लेट विश्वव्यापी बजारमा ल्याएको छ । दुवै उपकरणको मूल्य ४९९ डलर राखिएको छ । पिक्सेल ७ एमा टेन्सर जि २ प्रोसेसर र ९० हर्जको रिफ्रेस रेटको साथ ६.१ इन्च एएमओएलइडी डिस्प्ले छ ।

फोटोग्राफीको लागि, स्मार्टफोनमा ६४ मेगापिक्सेल प्राथमिक र १२ मेगापिक्सेलअल्ट्रा–वाइड क्यामेरा छ । स्मार्टफोन तीन रंगमा उपलब्ध छ ।

पिक्सेल ट्याब्लेट धेरै एआइ टूलहरूका साथ सार्वजनिक

\"\"

पिक्सेल ट्याब्लेटमा टेन्सर जि २ प्रोसेसर राखेर एआईमा विशेष ध्यान दिइएको छ । यसमा २५००*१६०० रिजोल्युसनको साथ ११ इन्च फुल एचडी प्लस डिस्प्ले छ ।

ट्याब्लेटमा ८ जीबी र्याम, १२८ जीबी र २५६ जीबी आन्तरिक स्टोरेज अप्सन उपलब्ध रहेको छ । ट्याब्लेटबाट १२ घण्टासम्म भिडियो स्ट्रिम गर्न सकिन्छ ।

यसमा ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा छ । सुरक्षाको लागि, यसको पावर स्विचमा फिंगरप्रिन्ट सेन्सर उपलब्ध छ । पिक्सेल ट्याब्लेटमा धेरै एआई टूलहरू प्रदान गरिएको छ । यसमा आवाज पहिचान गर्ने सुविधा पनि छ जुन टाइपिङभन्दा ३ गुणा छिटो छ । ट्याब्लेट ३ रङमा उपलब्ध छन् ।

गूगल सिटमा पनि एआइ सपोर्ट

अब गूगल सिटमा प्रम्प्ट राखेर, तपाईले एआईको सहयोगमा सिट तयार गर्न सक्नुहुनेछ । कर्मचारीहरूको सबै विवरणहरू भएको सिट चाहिएमा,त्यसका लागि तपाईले सिटको सर्च बाकसमा प्रोम्प्ट गरेमा सिट आफै तयार हुनेछ ।

गुगल वर्कस्पेस अपग्रेड हुनेछ

कम्पनीले एआइको सपोर्टमा गुगल वर्कस्पेसलाई अपग्रेड गर्नेछ । यस बाहेक कम्पनीले गुगल ल्याब पनि हिजोको कार्यक्रममा प्रदर्शन गरेको थियो ।

गुगल ‘बार्ड’ले नोपलीमा पनि काम गर्नेछ

गुगलले एआई आधारित च्याटबोट ’बार्ड’ मा नयाँ टूलहरुको सहयोगबारे घोषणा गरेको छ । बार्डले प्रयोगकर्ताको सुरक्षा र गोपनीयताको ख्याल गर्नेछ । यससँगै ‘बार्ड’ मा भिजुअल सपोर्ट पनि उपलब्ध हुनेछ ।

‘बार्ड’ च्याटबोटले विभिन्न भाषा जोडी कुल ४० भाषामा काम गर्नेछ । बार्डको बारेम ाप्रतिक्रिया संकलगन गर्नका लागि गूगलले बार्डको जिमेल र डक्ससँग पनि सहकार्य गराइदिएको छ ।

गूगलले सार्वजनिक गर्याे पाल्म २
गूगल आइअ‍ो कार्यक्रममा पाल्म २ नामक ठूलो भाषा मोडेल प्रस्तुत गरिएको थियो । यो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित नयाँ भाषा मोडेलले १०० भाषाहरूलाई समर्थन गर्नेछ । यसलाई विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ ।

वास्तविक समय मौसम अपडेट

वास्तविक समयमा मौसम अपडेटहरु अब चाँडैनै गूगल म्यापमा उपलब्ध हुनेछ ।

गुगल म्याप र फोटोजमा एआई सपोर्ट

सीईओ सुन्दर पिचाईले गुगल म्याप र गुगल फोटोमा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न सकिने बताए । एआइ संचालित एडिटिंग टूलहरू गूगल फोटोजमा यस वर्षको अन्त्यमा उपलब्ध हुनेछन् । यी टूलहरूको मद्दतले फोटो सम्पादन गर्न सजिलो हुनेछ । यसमा, म्याजिक इरेजर टूल सार्वजनिक गरिनेछ ।

एआइको मद्दतले, यो टूलले ब्याकग्राउण्डलाई असर नगरी कुनै पनि वस्तुलाई मेटाउन सक्नेछ । यस टूलले फोटोमा रहेको वस्तुलाई मुभ (रि–पोजिसनिङ) गर्दा खाली ठाउँलाई पुनः भरिदिने गर्दछ ।

गुगलले सन् २००८ देखि हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ । यस मार्फत कम्पनीले धेरै नयाँ ग्याजेटका साथसाथै नयाँ प्रविधिलाई जनतामाझ सार्वजनिक गर्ने गरेको छ ।