काठमाडौं। सिद्धार्थ बैंकले २ नयाँ शाखा विस्तार गरेको छ।
काठमाडौंको लाजिम्पाट र नयाँबजारमा २ नयाँ शाखाको उद्घाटन गरेको हो।
सिद्धार्थ बैंकले देशभर १५३ शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६२ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत सेवा प्रदान गर्दै आएको छ।