कीवर्डहरू -

 निओटेरिक नेपाल र टेक स्टुडियो नेपालबीच सहकार्य

 निओटेरिक नेपाल र टेक स्टुडियो नेपालबीच सहकार्य

निओटेरिक नेपाल प्रालि र टेक स्टुडियो प्रालिले नेपालको प्राविधिक विकासको समृद्ध भविष्यमा महत्वपूर्ण भूमिका खेल्नका लागि साझेदारी गरेका छन् ।

यो साझेदारीसँगै नियोटेरिक नेपाल प्रालि र टेक स्टुडियो प्रालिले नयाँ संयुक्त उद्यम सिर्जना गर्ने जनाइएको छ ।

सम्झौताअनुसार टेक स्टुडियो र निओटेरिक नेपाल लगातार स्मार्टवेयरेबर र सामान बजारको सफल विकासमा केन्द्रित हुनेछन् ।

निओटेरिक नेपाल  बीचको नयाँ साझेदारीले निओटेरिक र टेक स्टुडियोद्वारा स्मार्टवेयरेबल्स र एसेसरिजमा व्यापारको विकासमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

दुई कम्पनीको विशेषज्ञता र ज्ञानको संयोजनले नेपालमा प्रविधि विकासको क्षेत्रमा थप आविष्कार र वृद्धिको अपेक्षा गरिएको छ ।