कीवर्डहरू -

२० भन्दा बढी कोडिङ भाषाहरूलाई गूगलको एआई बार्डले सपोर्ट गर्ने

२० भन्दा बढी कोडिङ भाषाहरूलाई गूगलको एआई बार्डले सपोर्ट गर्ने

गुगलले निरन्तर आफ्नो च्याटबट बार्ड विस्तार गर्दैछ । गूगल आइओ २०२३ कार्यक्रममा, सिइओ सुन्दर पिचाईले बार्ड लगातार राम्रो हुँदै गइरहेको र २० भन्दा बढी कोडिङ भाषाहरूलाई समर्थन गर्ने जानकारी दिएका छन्  ।

उनका अनुसार बार्डसँग २० भन्दा बढी प्रोग्रामिङ भाषाहरूको सपोर्ट रहेको छ । यस वर्ष गुगल आइओ कार्यक्रममा, कम्पनीले बार्डमा धेरै अपग्रेडहरू प्रस्तुत गरेको छ । बार्ड अब १८० देशहरूमा खुला हुनेछ, र गुगलले वेटिङ लिस्टहरू पनि हटाएको छ ।

अङ्ग्रेजीका अलावा जापानी र कोरियन भाषामा पनि बार्ड चलाउन पाइने भएको छ । बार्ड भविष्यमा अन्य ४० भाषामा पनि ल्याइँदैछ । प्रयोगकर्ताहरूले इमेज मात्रै राखेर पनि कुनै पनि विषयमा सर्च गर्न सक्ने भएका छन् ।