कीवर्डहरू -

थुप्रै नयाँ फिचरहरुको साथमा वियर ओएस ४ सार्वजनिक हुने

थुप्रै नयाँ फिचरहरुको साथमा वियर ओएस ४ सार्वजनिक हुने

गूगलले आफ्नो आइओ २०२३ कार्यक्रममा सार्वजनिक गरेको नयाँ वियर ओएस ४ अपडेटको साथ आउने  बताएको छ । वियर ओएस ४ धेरै नयाँ सुविधाहरूका साथ आउने कम्पनीले घोषणा गरेको छ । नयाँ अपडेटमा ह्वाट्सएपको लागि सपोर्ट, गुगल होम एपमा नयाँ कन्ट्रोलहरू, गुगल क्यालेन्डर सपोर्ट तथा जीमेल सहित धेरै नयाँ सुविधाहरू आउने गूगलले बताएको छ ।

यो आगामी हप्तामा सबै प्रयोगकर्ताका लागि रोल आउट हुने भएको छ । वियर ओएस ४ अपडेटले प्रयोगकर्ताहरूलाई गूगल क्यालेन्डरमा आफ्नो समयतालिका जाँच गर्ने, स्पटीफाइमा पोडकास्टहरू सुन्न र टाइलहरू मिलाउने अप्सन दिनेछ ।

गूगलले आफ्नो ब्लग पोस्टमा नयाँ वियर ओएस ४ अपडेट आगामी महिनाहरूमा धेरै नयाँ सुविधाहरूको साथ रोल आउट हुने बताएको छ । अपडेटले जिमेल, क्यालेन्डर र गुगल होम जस्ता गुगल सेवाहरूको होस्ट ओएस डिभाइसहरूमा ल्याउनेछ ।

प्रयोगकर्ताहरूले आफ्नो जीमेल प्रयोग गर्न र कुनै पनि मेलको जवाफ पठाउन वेयरओएसबाटै सक्षम हुनेछन् ।
वियर ओएस ४ अपडेटले ब्याट्री लाइफमा सुधार, छिटो टेक्सट–टू–स्पीच एक्सपेरियेन्स र ब्याकअप गर्न सक्ने सुविधा पाउनेछन् । यसले प्रयोगकर्ताहरूलाई घडीहरू बीच डेटा र सेटिङहरू सुरक्षित रूपमा व्यवस्थित गर्न मद्दत गर्नेछ ।