कीवर्डहरू -

अरोगिन हेल्थकेयरमा डिजिटल भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकलाई छुट

अरोगिन हेल्थकेयरमा डिजिटल भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकलाई छुट

सन्राइज बैंकले अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ । ग्राहकरुलाई नयाँ र समय सापेक्षिक सेवाहरुलाई प्रदान गर्दै आएको बैंकले स्वास्थ्य क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यले काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको हो ।

यसअघि सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको जनाएको छ । बैंक र अरोगिन हेल्थकेयरबी बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको क्रेडिट, डेबिट कार्ड, क्यूआर वा मोबाइल बैंकिङ मार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशत सम्मको छुट पाउन सक्ने जनाइएको छ ।

सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।