कीवर्डहरू -

विराटनगरकाे आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलामा ४० भन्दा बढी स्टल

विराटनगरकाे आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलामा  ४० भन्दा बढी स्टल

विराटनगर / विराटनगरमा आगामी शुक्रबारदेखि दुईदिने आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुँदै छ ।

आइसिटीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिसको आयोजना हुने जानकारी दिइयो ।

पत्रकार सम्मेलनका क्रममा आसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाका संयोजक राजन लम्सालका अनुसार मेलामा आइटी विषयमा अध्ययनरत विद्यार्थीका लागि विभिन्न उत्पादन तथा इनोभेसन र स्टार्टअप कम्पनीका इनोभेसन प्रदर्शनीमा राखिने छ ।

यस क्रममा आइटी शिक्षाका ४० भन्दा बढी स्टलमा बिभिन्न कम्पनीका उत्पादन, विद्यार्थीका प्रोजेक्ट, रोबोट कुस्ती, सफ्टवेयर, एप्लिकेशन, आइओटी लगायत रहने छन् । त्यसै गरी मेलाका क्रममा आइसिटी कन्फ्रेन्समा स्थानीयतहका उद्यमशीलता तथा स्टार्टअपका समस्या, चुनौति र अवसरबारे अन्र्तक्रिया हुने मेला संयोजक लम्सालले बताए ।

आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनका रुपमा बिराटनगरसंगै बुटवल र नारायणगढमा पनि यसप्रकारको मेलाको आयोजना हुँदैछ ।