कीवर्डहरू -

युथ आइजीएफ नेपाल फेलोशिप २०२३ का लागि आवेदन खुला

युथ आइजीएफ नेपाल फेलोशिप २०२३ का लागि आवेदन खुला

युथ आइजीएफ (वाइआइजीएफ) नेपाल फेलोशिप २०२३ को आवेदन खुला भएको छ । फेलोशिपले २९ मे २०२३ मा हुने वार्षिक मल्टी –स्टेकहोल्डर खुला फोरममा उपस्थित हुन छात्रवृत्ति प्रदान गर्दछ ।

फेलोशिपले ७ प्रदेशबाट १४ सहभागी छनोट गर्नेछ(प्रत्येक प्रदेशबाट २ जना) । फेलोशिपले युवाहरूलाई आफ्नो प्रदेशको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्दछ। र नेपालमा इन्टरनेटको भविष्यको बारेमा महत्त्वपूर्ण छलफलमा योगदान पु¥याउँछ ।

नेपालमा युवाहरूको समूहले इन्टरनेट गभर्नेन्स सम्बन्धी छलफलमा युवाहरूको प्रतिनिधित्वको कमी भएको महसुस भएकाले युथ आइजीएफ नेपालको सुरुवात भएको हो ।

युथ आइजीएफ नेपालका युवाहरूको राष्ट्रिय पहल हो जसको उद्देश्य युवाहरूमाझ इन्टरनेट सुशासनका मुद्दाहरूबारे चेतना र समझलाई बढावा दिनु हो ।

यो पहल बृहत् युथ इन्टरनेट गभर्नेन्स फोरम (युवा आईजीएफ) मुभमेन्टको एक हिस्सा हो, जसको उद्देश्य युवाहरूलाई इन्टरनेट गभर्नेन्ससँग सम्बन्धित छलफल र निर्णयमा संलग्न हुन मञ्च प्रदान गर्नु हो ।