कीवर्डहरू -

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, भुक्तानीमा पल्सर बाइकदेखि आईफोनसम्म जित्न सकिने

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, भुक्तानीमा पल्सर बाइकदेखि आईफोनसम्म जित्न सकिने

खल्ती डिजिटल वालेटले गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित अहिलेसम्मकै सबैभन्दा ठुलो अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आएको छ । २ महिनाको यो अफर अन्तर्गत खल्तीले असार ३१ सम्म पल्सर एन१६० बाइक, ५ जनाले जित्न सकिने अफर ल्याएको छ ।

यस लगायत आईफोन १४, वनप्लस ११, स्मार्ट टिभी, सबैलाई खुत्रुके, १ करोड भन्दा बढी स्क्र्याच कार्ड, स्मार्टब्यान्ड, इयरबड, कुपनहरू गरी करोडौँको अफर ल्याएको हो ।

२ महिने अफर जेठ १ गतेदेखि असार ३१ सम्म लागु हुनेछ । यस अफरलाई राउन्ड १, राउन्ड २, राउन्ड ३ र राउन्ड ४ गरी चार राउण्डमा विभाजन गरिएको छ । प्रत्येक राउन्डमा कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू पल्सर एन१६० को लक्की ड्रको लागि योग्य हुनेछन् ।

हरेक  राउन्डको अन्त्यमा एक विजेता घोषणा गरिनेछ । चार राउन्डहरूमा योग्य हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि पनि योग्य हुनेछन् र बोनस राउण्डको पल्सर एन१६० जित्न सहभागी हुनेछन् । तसर्थ, कुल मिलाएर प्रयोगकर्ताका लागि पल्सर जित्ने पाँच मौकाहरू छन्।

यस बाहेक खल्तीले वर्ल्डलिङ्कको बिल तिर्ने र उडान टिकट खरिद गर्ने प्रयोगकर्ताहरूलाई दुईवटा आईफोन १४ विशेष उपहार दिने योजना पनि गरेको छ । तसर्थ, यी सेवाहरूको भुक्तानी गर्ने कोही दुई भाग्यशालीले आईफोन १४ जित्ने मौका पाउनेछन् ।

त्यसैगरी अर्को विशेष उपहार खल्तीबाट बीमा प्रिमियम भुक्तानीमा रहेको छ, जहाँ कोही एक भाग्यशाली प्रयोगकर्तालाई वानप्लस ११ जित्ने मौका रहेको छ । यसका साथै आफ्नो बीमा प्रिमियम भुक्तानीमा प्रयोगकर्ताले हरेक हप्ता स्मार्ट टिभी, स्मार्टब्यान्ड पनि जित्न सक्नेछन् ।

यी अफरहरू बाहेक, खल्ती एप भित्र जात्रा दुईवटा विशेष फिचर पनि देख्न सकिनेछ, जसमा प्रयोगकर्ताहरूले जित्ने मौकाहरू निश्चित छन्। प्रयोगकर्ताहरूले बिना कुनै भुक्तानी गरि दैनिक रूपमा ‘खुत्रुके’ फुटाउन सक्नेछन्, जसमा विभिन्न किसिमका अफर र क्यासब्याकहरू समावेश गरिएको छ ।

साथै, अर्को विशेषता भनेको डिजिटल स्क्र्याच कार्ड हो जुन नेपालमै पहिलो पटक पटक कुनै डिजिटल वालेटमा ल्याइएको फिचर हो । प्रयोगकर्ताहरूको लागि ज्ञ करोड भन्दा बढी स्क्र्याच कार्डहरू छन् जहाँ रु. १०० भन्दा माथिको कुनै पनि भुक्तानीमा विभिन्न अफरहरू सहित प्राप्त गर्न सक्नेछन्।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का यस अफरले प्रत्येक प्रयोगकर्तालाई कुनै पनि भुक्तानी गर्ने अतुलनीय फाइदाहरूका साथ डिजिटल रूपमा कारोबार गर्न प्रोत्साहित बताउँछन् ।

यसबाहेक, खुत्रुके र स्क्र्याच कार्ड जस्ता हाम्रा सुविधाहरू भएकाले यो जात्रामा कुनै पनि प्रयोगकर्ता खाली हात नरहने उनको भनाइ छ ।

साथै, प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउने प्रक्रियामा यस वर्ष खल्तीले आफ्नो एप भित्र एउटा जात्रा पेज निर्माण गरेको छ, जहाँ प्रयोगकर्ताहरूले यो अफर भित्र आफ्नो भुक्तानी यात्रा अनुभव गर्न सक्नेछन् ।

एपमा रहेको यो भागले प्रयोगकर्ताको भुक्तानीको चरण र प्रत्येक राउन्डको प्रगति देखाउँछ । यस अफरमा सहभागी हुन भने केवाईसी भेरिफाइड अनिवार्य छ । केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन सक्नेछन् ।