कीवर्डहरू -

भारतबाट नेपालमा फोन गर्दा अब प्रतिमिनेट ७ रूपैयाँ शुल्क

भारतबाट नेपालमा फोन गर्दा अब प्रतिमिनेट ७ रूपैयाँ शुल्क

अब भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रूपैयाँ शुल्क लाग्ने भएको छ । भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रुपैयाँ लाग्ने गरी शुल्क निर्धारणको तयारी गरिएको छ ।

केही समय अघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा भारत भ्रमणमा जाँदा नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता भएको भन्दै घटाउन आग्रह गरेकी थिइन् ।

लामो गृहकार्यपछि भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रुपैयाँ लाग्ने गरी शुल्क निर्धारणको तयारी गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका प्रेस विज्ञ नरेन्द्र केसीले जानकारी दिएका छन् ।

अहिले नेपालीहरु रोमिङ सुविधा लिएर भारत जाँदा नेपाल टेलिकमको सिममार्फत भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ३० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।

नयाँ शुल्क केही दिनपछि लागु हुनेछ । यसबाट छोटो समयका लागि भारत जाने नेपालीहरुलाई सुविधा हुने अपेक्षा गरिएको केसीको भनाइ छ ।

हाल औषधि उपचार, व्यापारलगायत छोटो भ्रमणमा गएका नेपालीले भारतीय सिम नपाउने र नेपाली सिममा महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ ।