कीवर्डहरू -

विराटनगरमा आजदेखि आइसिटी स्टार्टअप एन्ड इनोभेसन मेला, उद्घाटन मुख्यमन्त्री राईबाट

विराटनगरमा आजदेखि आइसिटी स्टार्टअप एन्ड इनोभेसन मेला, उद्घाटन मुख्यमन्त्री राईबाट

विराटनगर । लिभिङ विथ आइसिटीको आयोजनामा विराटगरमा आजदेखि २ दिने ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप एन्ड इनोभेसन मेला २०१९ इन एशोसिएसन विथ ब्रोडवे इन्फोसिस’ सुरु हुँदै छ ।

विराटनगरस्थित होटल इस्टर्न स्टारमा बिहान १० : ३० देखि हुने मेलाको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन् । 

मेलामा आइटी क्षेत्रका ४० भन्दा बढी स्टल रहेका छन् । विभिन्न कम्पनीका उत्पादन, विद्यार्थीका प्रोजेक्ट, रोबोट कुस्ती, सफ्टवेयर, एप्लिकेशन, आइओटीकाे प्रदर्शनी हुने छ ।

त्यसै गरी मेलामा भाेलि हुने आइसिटी कन्फ्रेन्समा स्थानीयतहका उद्यमशीलता तथा स्टार्टअपका समस्या, चुनौति र अवसरबारे अन्तरक्रिया हुने छ ।