कीवर्डहरू -

सञ्चारमन्त्रीको गुनासोः प्रविधिको प्रयोग बढ्दो छ तर राजस्व किन घटिरहेको छ ? 

सञ्चारमन्त्रीको गुनासोः प्रविधिको प्रयोग बढ्दो छ तर राजस्व किन घटिरहेको छ ? 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग बढ्दो भएपनि राजस्व घटेको गुनासो गरेकी छन् ।

बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार दिवस तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको स्पेक्ट्रम व्यवस्थापन फन्फेरेन्समा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

पछिल्लो समय नेपालमा प्रविधिको प्रयोग बढेको भएपनि दूरसञ्चार क्षेत्रले योगदान गर्ने राजस्व घटेको कुरा आइरहेको छ । यो अवस्थामा मन्त्री शर्माले पनि राजस्व घटेकोप्रति चासो देखाएकी हुन् ।

‘प्रविधिको प्रयोग बढिरहेको छ । तर राजस्व घटिरहेको छ । यो समस्या बारे व्यापक छलफल गर्नुपर्छ,’ उनले भनिन, ‘यसलाई समाधान गर्न विशेष ध्यान दिनुपर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेकी शर्माले स्पेक्ट्रमको व्यवस्थापनमा सरकारले ध्यान दिने प्रतिबद्धता जनाइन् । लक्ष्य अनुसारको परिणामा पाउन मन्त्रालय सधैं सहयोगी समेत उनको भनाइ छ ।