कीवर्डहरू -

साझेदारका लागि ह्वावे क्लाउडको नयाँ फ्रेमवर्क

साझेदारका लागि ह्वावे क्लाउडको नयाँ फ्रेमवर्क

ह्वावेले सन् २०२३ का लागि नयाँ क्लाउड पार्टनर  प्याकेज सार्वजनिक  गरेको छ । काठमाडौंमा भएको उक्त कार्यक्रममा आफ्ना साझेदारका लागि ह्वावेले नयाँ प्याकेज घोषणा गरेको हो ।

ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्र कुमार शर्माले संचालन गरेको सो कार्यक्रममा नेपालका  ह्वावे क्लाउड पार्टनरहरु प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागिता रहेको थियो ।

ह्वावेले गो क्लाउड र ग्रो क्लाउड  फ्रेमवर्कसहित  पुनर्विक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पार्ने कोसिस गरेको छ ।

ह्वावेको ग्रो क्लाउड योजनामा स्टयानडर्ड, एडभान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी चारवटा प्याकेजहरु छन् ।  प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरु जस्तै त्रैमासिक र वार्षिक वृद्धि लाभहरू  र  ह्वावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरु पनि ल्याएको  छ ।

नयाँ  प्याकेजले मार्केटिङ डेभलपमेन्ट फण्ड, ह्वावे क्लाउड प्रयोग गरे वापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रम सहित पाँच थप फाइदाहरू पनि प्रदान गर्नेछ ।

यस प्याकेजको प्रमुख प्राथमिकता साझेदारहरूको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराएर प्रोत्साहन गर्नु रहेको बताइएको छ ।

कार्यक्रमको मुख्य फाइदाहरू मध्ये एक क्षमता विकास र प्रमाणीकरण हो,  जसले साझेदारहरूलाई  ह्वावेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्सहरु  र प्रमाणपत्रहरू मार्फत आफ्नो सीप र विशेषज्ञता विकास गर्ने अवसर दिनेछ ।

ह्वावेकोको गो क्लाउड सर्भिस नयाँ प्याकेजको अर्को महत्वपूर्ण पक्ष हो । यस  प्याकेजले क्लाउड रिसेल, कन्सल्टिङ, क्लाउड माइग्रेसन र कार्यान्वयन, एप्लिकेसन रि आर्किटेक्ट/ क्लाउड नेटिभ डेभलपमेन्ट र व्यवस्थापन जस्ता सेवाहरू मार्फत व्यावसायिक क्लाउड सेवाहरु  निर्माण गर्न सेवा साझेदारहरूलाई सहयोग  गर्दछ ।

यी कार्यक्रमहरूको प्रमुख उद्देश्य साझेदारहरूको व्यावसायिक क्षमताहरूको पहिचान र  विकास गर्ने,  ह्वावेको क्लाउडमा आधारित प्रयोगहरूको  विकास गर्ने ,सफ्टवेयर समाधानहरूलाई सुदृढीकरण गर्ने, अवस्थित डाटाहरुलाई  ह्वावे क्लाउडमा  स्थानान्तरण गर्ने र   ह्वावे क्लाउडसँग संयुक्त मार्केटिङ सञ्चालन गर्नु हो ।

समग्रमा,  ह्वावे क्लाउड साझेदार कार्यक्रम   ह्वावेको  साझेदारहरूको लागि आफ्नो व्यवसाय विस्तार गर्न र आफ्नो सीप सुधार गर्ने उत्कृष्ट अवसर हुनेछ ।

यस्तै विभिन्न योजनाहरु मार्फत  ह्वावेले साझेदारहरुसंगको सम्बन्ध सुदृढ बनाउन र  प्रविधिको पहुँच देश व्यापी रुपमा विस्तार गर्न  ह्वावेको  प्रतिवद्धता रहेको छ ।