सामसङले आफ्नो जे सिरिजको नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी जे २ प्रो (२०१८) भियतनाममा सार्बजनिक गरेको छ । सामसङको नयाँ जे २ प्रो १५ हजार भन्दा तलका फोनहरु चाहने उपभोक्ताहरुको लागि उपयुक्त विकल्प हुन सक्छ । सामसङको यो फोन ब्ल्याक,ब्लु र गोल्ड कलर भेरिएन्टमा उपलब्ध छ साथै फोनमा डुअल मेसेजिंग अकाउन्ट फिचर पनि रहेको छ । अर्थात् यो फोनमा एउटै युजरले दुइवटा अकाउन्टको प्रयोग गर्न सक्नेछन् ।
सामसङ ग्यालेक्सी जे २ प्रो (२०१८) मा ५ इन्च क्युएचडी (५४० x960) पिक्सेल रेजोलुसनको सुपर एमोलेड डिस्प्ले रहेको छ । फोनको बडी भने पोलीकार्बोनेट द्वारा निर्माण गरिएको छ । त्यस्तै यो ह्यान्डसेटमा १.४ गिगाहेर्ज क्वाड-कोर प्रोसेसर छ । फोनमा १.५ जीबी र्याम तथा १६ जीबी रोम छ र एसडी कार्डको सहायतामा १२८ जीबी सम्म स्टोरेज बढाउँन सकिन्छ ।
सामसङको यो ह्यान्डसेटमा क्यामेराको कुरा गर्दा रियरमा ८ एमपीको अटोफोकस क्यामेरा दिईएको छ र सेल्फी र भिडिओ च्याटका लागि ५ एमपीको फ्रन्ट क्यामेरा राखिएको छ ।दुवै क्यामेराले एलईडी फ्ल्याश सपोर्ट गर्दछ ।
ग्यालेक्सी ज २ प्रो (२०१८) एन्ड्रोइड भर्जन ७.० नोगात भर्जनमा चल्छ । २६०० एमएएचको ब्याट्री राखिएको यो फोनले १८ घण्टा सम्म टक टायम दिने कम्पनिले दावा गरेको छ । ४ जी एलटिई,वाईफाई ८०२,ब्लुटुथ ४.२,जीपीएस तथा ३.५ एमएम हेडफोन ज्याक यस फोनको कनेक्टिभिटी अप्सनहरु रहेका छन् । त्यस्तै यसमा सेन्सरहरुमा भने एक्सेलेरोमिटर,एम्बिएन्ट लाइट ,जायरो तथा प्रोक्सीमिटि सेन्सरहरु यसमा उपलब्ध छन् ।