कीवर्डहरू -

एप्पलले २/३ सातामा किन्छ एउटा कम्पनी

एप्पलले २/३ सातामा किन्छ एउटा कम्पनी

काठमाडौं। एप्पलले प्रत्येक २ देखि ३ सातामा एक कम्पनी खरिद गर्ने गरेको एप्पलका सीईओ टिम कूकले पुष्टी गरेका छन।

उनले एप्पलले खरिद गरेका साना कम्पनी हुने र यि समझौताको कम्पनीले घोषणा नगर्ने बताए।

उनले एप्पलको उदेश्य भनेको नयाँ नयाँ बौद्धिकता भित्र्याउनु रहेको बताए।

एप्पलसँग हाल २४० खर्ब रुपैयाँबराबरको नगद रहेको छ।

अमेरिकामा एप्पलले ५ बर्षमा ३८५ खर्ब लगानी गर्ने योजना अघि सारेको र यो योजना अन्तर्गत एप्पलले नयाँ मुख्यालय बनाउदै छ।

यसमा करिब ५ हजार मानिसले रोजगारी पाउने छन।एप्पलले आगामी दिनमा ठूला कम्पनी खरिदको सम्झौता पनि गर्नसक्ने बताइएको छ।