कीवर्डहरू -

फाइनान्सियल नोटिसेस एप नयाँ स्वरूपमा, अब दैनिक कारोबारलाई पनि सरल बनाउने

फाइनान्सियल नोटिसेस एप नयाँ स्वरूपमा, अब दैनिक कारोबारलाई पनि सरल बनाउने

बैंक तथा वित्तीय क्षेत्रका गतिविधिलाई डिजिटल माध्यममा प्रस्तुत गर्दै आएको फाइनान्सियल नोटिसेस डटकमको मोबाइल एप नयाँ फिचरहरूसहित अध्यावधिक गरिएको छ ।

बैंक तथा वित्तीय क्षेत्रका गतिविधिको जानकारीलाई डिजिटल माध्यममा प्रस्तुत गर्ने एपले आफ्ना सुविधाहरू विस्तार गर्दै बहुउपयोगी एपको रुपमा विकास गर्दै आएको छ ।

दैनिक कारोबारलाई व्यवस्थित र सरल बनाउन सहयोग गर्ने लेजर बुक अर्थात् डिजिटल क्यास बुकमा ग्राहक र आपूर्तिकर्ताहरुका लागि छुट्टाछुट्टै कारोबार प्रविष्टि गर्ने सुविधाहरु थपिएका छन् ।

एपमा दैनिक रुपमा गरिने खर्च र आम्दानीको हिसाब विवरण राख्ने  “एक्सपेन्स ट्य्राकर” को फिचर र व्यक्तिगत वा संस्थाको दैनिक लेनदेन तथा कर्जा सापटीको लेखा राख्न सकिने “क्रेडिट ट्य्राकर” लाई थप व्यवस्थितका साथ अध्यावधिक गरिएको छ ।

बिना इन्टरनेट अफ लाइन भएको समयमा पनि कारोबारहरु प्रविष्ट गर्न सकिने यस एपमा उपलब्ध ब्यक्तिगत तथा व्यवसायीक वित्त व्यवस्थापनका फिचरहरुले प्रयोगकर्ताहरूलाई खर्चहरू निगरानी गर्न, खर्च कटौतीका क्षेत्रहरू पहिचान गर्न र राम्रो क्रेडिट स्कोर कायम राख्न मद्दत गर्दछ ।

लेजर बुक एपहरूले साना तथा मझौला व्यवसायी र स्व-रोजगारी व्यक्तिहरूलाई आफ्नो वित्त व्यवस्थापन गर्न, वित्तीय विवरणहरू तयार गर्न र लगानीको बारेमा सूचित निणर्यहरू लिन सक्षम बनाउने कम्पनीले जनाएको छ ।

एपमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुमा गुनासो गर्न सकिने सुविधा थप गरिएको छ । पछिल्लो समय सम्बन्धित बैंक तथा वित्तीय संस्थामा उक्त संस्थाको सेवा सुविधालगायत अन्य जनगुनासाहरु गर्न सकिन्छ ।

सम्बन्धित वित्तीय संस्थाबाट पनि गुनासोको सुनुवाई नभए सिधै नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाई पोर्टलमा गई गुनासो गर्न सकिने सुविधा पनि रहि आएको छ।

कतिपय अवस्थामा बैंक वित्तीय संस्थामा गुनासो गर्नुपर्दा ग्राहकहरुलाई सम्बन्धित गुनासो विभागका जानकारीहरु एकै एपमार्फत् सहजै भेट्न सकून् भन्दै एपमा सम्पूर्ण बैंकको गुनासो गर्न सकिने सुविधा थप गरिएको कम्पनीले जनाएको छ ।

यस एपमा वित्तीय क्षेत्रका सम्पूणर् सूचना, समाचार तथा महत्वपूर्ण आर्थिक जानकारी, स्टक मार्केट, आगामी कार्यक्रम, नयाँ योजना तथा नयाँ फिनटेक अफरहरु समावेश छन् ।

सूचनाहरुलाई अडियो नेपाली भर्सनमा समेत सुन्न मिल्ने यो एप नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिन्छ । यसले प्रयोगकर्ताको दैनिक व्यवहार सजिलो बनाउनुका साथै वित्तीय साक्षरता तथा ज्ञानको विकासमा महत्वपूणर् भूमिका खेल्दै आइरहेको छ ।

अध्यावधिसँगै थप विस्तारित भर्सन र बहुउपयोगी “फाइनान्सियल नोटिसेस” एप एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोर र आइओएस प्रयोगकर्ताका लागि एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

एपका नयाँ सुविधाहरूले प्रयोगकर्ताहरूलाई आफ्नो वित्तीय व्यवहारलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न र आफ्नो लगानीको बारेमा सूचित निणर्यहरू लिन सक्षम बनाउने कम्पनीको विश्वास छ ।