कीवर्डहरू -

डिजिटल भुक्तानीमा सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

डिजिटल भुक्तानीमा सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनलले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन ।

यसअनुसार बैंकका ग्राहकहरुले काठमाडौंको नक्सालमा अवस्थित आबुरी रेस्टुरेन्टका सेवाहरुमा अधिकतम १० प्रतिशत छुट पाउने छन् । यसैगरी नक्सालकै वी कयेर हेल्थ सेन्टरका सेवाहरुमा  पनि अधिकतम १५ प्रतिशत सम्म छुट पाइने बैंकले जनाएको छ ।

यसैगरी भद्रकालीमा अवस्थित फन ल्यान्ड इन्टरटेनमेन्टको  प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउने सम्झौता भएको छ भने धरान उपमहानगरपालिका, वडा न. १० मा अवस्थित टस्क माउन्टेन बाइक स्टोरबाट बाइ–साइकल खरिद गर्दा खरिद मूल्यमा अधिकतम ८ प्रतिशतसम्म छुट पाउन सकिनेछ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।