कीवर्डहरू -

ओएसआरले ल्यायो भिडियो पसल एप, रिलिज भएकै दिन फिल्म हेर्न मिल्ने

ओएसआरले ल्यायो भिडियो पसल एप, रिलिज भएकै दिन फिल्म हेर्न मिल्ने

ओएसआर डिजिटलले अब नेपाली फिल्म रिलिज भएकै दिन अनलाइनमा राख्ने भएको छ । यसका लागि दर्शकले अनलाइनबाट रकम भुक्तानी गरेर फिल्म हेर्न सक्छन् ।

ओएसआर डिजिटलले अनलाइनमा यसरी फिल्म हेर्न मिल्ने एप भिडियो पसल ल्याएको छ । आइओएस र एन्ड्रोइड दुवै प्लाटफर्ममा एप उपलब्ध छ ।

भिडियो पसलको एप्समार्फत अनलाइन दर्शकले हलमा सार्वजनिक प्रदर्शन भएकै दिनमा हेर्न पाउने ओएसआर डिजिटलले जनाएको छ ।

भिडियो पसललाई सुरुवातमा नेपाल बाहिर मात्रै डाउनलोड गर्न मिल्ने बनाइएको छ ।

दर्शकले एकपटक पैसा तिरेपछि हप्ताभरि जुनसुनै समयमा पनि फिल्म हेर्न पाउने छन् ।

सुरुवाती चरणमा पछिल्लो समय रिलिज भएका फिल्म 'क्याप्टेन', 'ब्रेकअप' 'प्रसाद' अपलोड भइसकेको र अन्य फिल्म पनि भिडियो पसलमा राखिने क्रममा रहेको ओएसआरले जनाएको छ ।