कीवर्डहरू -

रिभरसङको नयाँ इयरबड नेपाली बजारमा, १ वर्षको वारेन्टी

रिभरसङको नयाँ इयरबड नेपाली बजारमा, १ वर्षको वारेन्टी

रिभरसङले नयाँ मोडलको ईयरबड्स नेपाली बजारमा भित्र्याएको छ । मोबाईल एक्सेसोरिज तथा वेयरेबलको बजार विकास र विस्तारमा देशकै अग्रणी कम्पनीको रुपमा स्थापित भएको केमियो इन्टरनेशनल प्रालिले आफ्नो रिभरसङको नयाँ एयरफ्लाई एल ३ नामक ईयरबड ल्याएको हो ।

यसमा इन्भाइरोमेन्ट न्वाइज क्यान्सिलेसनको फिचर रहेको एयरफ्लाई एल ३ ले तपाँईलाई प्रत्येक साउण्डमा उत्साहित बनाउनेछ ।

यसमा एचडी स्टेरियो साउण्ड र लसलेस अडियोको सुविधा रहेको छ । यस्तै भ्वाइस असिस्टेन्ट र सिरीलाई यसमा राखिएको छ, जसले तपाईँको कमाण्डको आधारमा मनपर्ने कार्य गर्न सकिन्छ ।

ब्लुटुथ: ५.३ कनेक्सन, स्वीट प्रुफ अर्थात पसिनाले असर नगर्ने प्रमाण आईपीएक्स ५.० रहेको छ भने १० मिटरसम्म डिभाइसमा कनेक्सन हुनसक्दछ।

एयरफ्लाई एल ३ मा २५ एमएएचको ब्याट्री क्षमता तथा चार्जिङ केसमा २०० एमएएच ब्याट्री क्षमता रहेको छ। जसले ५ घण्टासम्म निरन्तर प्लेब्याक गर्न सकिनेछ ।

टाइप-सी चार्जिङ इन्टरफेस भएको यो ईयरबड क्यालिफोर्निया संयुक्त राज्य अमेरिकामा डिजाइन गरिएको हो, जसमा १ वर्षको वारेन्टी रहेको छ ।