कीवर्डहरू -

एप्पलका कर्मचारीले च्याटजीपीटी प्रयोग गर्न नपाउने

एप्पलका कर्मचारीले च्याटजीपीटी प्रयोग गर्न नपाउने

पछिल्ला ६ महिनामा एआईले विश्व र देश भरमा आफ्नो लागि छुट्टै स्थान बनाएको छ । यस लिस्टमा च्याटजीपीटीको नाम सबैभन्दा अगाडि आउँछ, त्यसपछि सबै प्रविधि कम्पनीहरु एक एक गरी यसतर्फ लाग्न थालेका छन् । तर एप्पल भने च्याटजीपटिीलाई प्रवर्द्धन गर्ने सूचीबाट बाहिरिन चाहेको देखिएको छ ।

एप्पलले आफ्ना कर्मचारीहरूका लागि च्याटजीपीटी र अन्य आर्टिफिसियल इन्टेलिजेन्स डिभाइसहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

वाल स्ट्रीट जर्नलले बिहीबार कागजात र स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा एप्पल एआई प्रोग्रामहरू प्रयोग गर्ने कर्मचारीहरूको गोप्य डाटा लिक हुने बारेमा चिन्तित रहेको उल्लेख गरिएको छ ।

आफ्ना कर्मचारीहरूलाई माइक्रोसफ्टको गिटहब कोपाइलट प्रयोग नगर्न पनि सल्लाह दिएको छ, जुन सफ्टवेयर कोड भण्डारण गर्न प्रयोग गरिन्छ ।

रोयटर्सले रिपोर्ट अनुसार गत महिना च्याटजीपीटीको विकासकर्ता, ओपनएआइले च्याटजीपीटीको लागि एक ’इनकग्निटो मोड’ ल्याएको छ, जसले प्रयोगकर्ताहरूको कुराकानी हिस्ट्री सेभ गर्दैन । च्याटजीपीटीमा डेटा सुरक्षा माथि प्रश्न उठेपछि च्याटजीपीटीले यस्तो निर्णय गरेको हो ।

च्याटजीपीटी र अन्य च्याटबटहरूले कसरी लाखौं प्रयोगकर्ताहरूको डाटा व्यवस्थापन गर्न व्यवस्थित गरे भन्ने बारे बढ्दो छानबिन भइरहेको छ, जुन सामान्यतया एआईलाई सुधार गर्न वा ’प्रशिक्षित’ गर्न प्रयोग गरिन्छ।

यसअघि बिहीबार, ओपनएआईले अमेरिकामा एप्पलको आईओएसका लागि च्याटजीपीटी एप सार्वजनिक गरेको थियो  ।