कीवर्डहरू -

शिक्षा, स्वास्थ्य, विकास निर्माणमा पनि प्रविधिको प्रयोग गरिने, विद्युतीय सुशासन ब्लुप्रिन्ट निर्माण हुने

शिक्षा, स्वास्थ्य, विकास निर्माणमा पनि प्रविधिको प्रयोग गरिने, विद्युतीय सुशासन ब्लुप्रिन्ट निर्माण हुने

सरकारले शिक्षा, स्वास्थ्य, विकास निर्माण र सेवा प्रवाह लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा आम नागरिकको पहुँच अभिवृद्धि विस्तार गर्दै शिक्षा, स्वास्थ्य, विकास निर्माण र सेवा प्रवाह लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गरिने पौडेलले बताए ।

यस्तै सरकारले सूचना प्रविधि प्रणाली अनुसन्धान, विकास र विस्तार गर्नुका साथै सार्वजनिक सूचना प्रणालीहरूको नंक्शाकन गरी विद्युतीय सुशासन ब्लुप्रिन्ट निर्माण गर्ने समेत घोषणा गरिएको छ ।