कीवर्डहरू -

अब वडाबाटै अनलाइन सेवा उपलब्ध हुने

अब वडाबाटै अनलाइन सेवा उपलब्ध हुने

अब सरकारले वडाबाटै अनलाइन सेवा उपलब्ध गराउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सरकारी निकायबाट सञ्चालित अनलाइन प्रणालीहरूमार्फत अन्तरआवद्धता कायम गरी सेवा उपलब्ध गराइने उनले बताए ।

विद्युतीय प्रणालीबीच तथ्यांक आदानप्रदान गर्न डेटा एक्सचेन्ज प्लेटफर्म निर्माण गरिने उनले बताए ।