कीवर्डहरू -

नवप्रवर्द्धन तथा आविष्कार कोष स्थापना गर्ने सरकारको घोषणा

नवप्रवर्द्धन तथा आविष्कार कोष स्थापना गर्ने सरकारको घोषणा

सरकारले स्टार्टअप कोष स्थापना गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

नवप्रवर्द्धन अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तार तथा प्रोत्साहन गर्न नवप्रवर्द्धन तथा आविष्कार कोष स्थापना गरिने उनले बताए । कोष सञ्चाल गर्ने विषय यसै अधिवेसनमा पेस गरिने छ ।

केही दिन अगाडि मात्रै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच स्टार्टअप कोष स्थापना हुने सहमति भएको थियो ।