कीवर्डहरू -

अत्याधुनिक प्रविधि उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाइने

अत्याधुनिक प्रविधि उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाइने

सरकारले वित्तीय अपराध, मिटरब्याजी तथा साइबर अपराधलाई नियन्त्रण गर्नअत्याधुनीक प्रविधि सहित सुरक्षा निकायलाई  सक्षम बनाउने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आतंकवाद तथा संगठित अपराध, हिंसा,  लागु औसधको कारोबार र ओसापसार लगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने बताए ।

यस्तै अपराध पहिचान र नियन्त्रण गर्न डिजीटल फरेन्सीक ल्याबको सुदृढीकरण गर्ने  नीति तथा कार्यक्रममा उल्लेख छ।

क्रिप्टोकरेन्सी, हुण्डी, संगठित अपराध, अन्तरदेशी र अन्तराष्ट्रिय अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने र लागुपदार्थ सेवन विरुद्ध समुदायको अगुवाईमा देशभै अभियान सञ्चालन गर्ने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।