कीवर्डहरू -

एआईमा काम गर्ने चिप सार्वजनिक गर्दै इन्टेल

एआईमा काम गर्ने चिप सार्वजनिक गर्दै इन्टेल

प्राविधिक कम्पनी इन्टेलले एआईमा आधारित चिप सार्वजनिक गर्ने भएको छ । इन्टेलले आर्टिफिसियल टेक्नोलोजीमा आधारित चिप सार्वजजिक गर्ने बताएको हो ।

कम्पनीको नयाँ चिपसेट सन् २०२५ सम्म आउन सक्ने छ। समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार इन्टेलले जर्मनीमा एक सुपरकम्प्युटिङ सम्मेलनमा भाग लिएको थियो । उक्त सम्मेलनमा नै कम्पनीले नयाँ चिपसेट योजनाको बारेमा जानकारी दिएको थियो ।

कम्पनीको नयाँ चिपसेटमा के–कस्ता फिचर हुनेछन् ?

आफ्नो आगामी चिपसेट फाल्कन शोर्सको बारेमा जानकारी दिँदै कम्पनीले २८८ जीबी मेमोरी र ८–बिट फ्लोटिंग कम्प्युटेशनको लागि सपोर्ट गर्ने जनाएको छ ।

यस प्रकारको प्राविधिक विशिष्टता चिपसेटमा एआई टेक्नोलोजी मोडेलको लागि आवश्यक मानिन्छ । नयाँ चिपसेटले विशेष गरी च्याटजीपीटी जस्ता एआई सेवाहरूको लागि काम गर्नेछ ।

वास्तवमा, इन्टेलको यो निर्णयलाई चिपसेट बनाउने प्रतिस्पर्धी एनभिडियाका लागि पनि महत्त्वपूर्ण मानिएको छ । इन्टेलको नयाँ चिपसेट एनभिडियाको एम आइ ३०० चिप, एआई चिप बजारको नेतृत्व गर्ने कम्पनीको प्रतिस्पर्धीको रूपमा उभिन सक्ने छ ।

अमेरिकाको एआई स्टार्टअप कम्पनी ओपनएआईको च्याटजीपीटी मोडललाई लिएर प्रयोगकर्तामा धेरै क्रेज बढेको हामी सबैलाई थाहा नै छ ।

अन्य प्राविधिक कम्पनीहरू पनि यस प्रकारको एआई प्रविधि ल्याउन काम गरिरहेका छन् । अर्कोतर्फ, अन्य धेरै कम्पनीहरूले कुनै न कुनै रूपमा एआई सेवासँग जोडिएका त्यस्ता उत्पादनहरू ल्याउने विचार गरिरहेका छन् ।